सहारा क्लबमा नयाँ नेतृत्व, गुरुङ अध्यक्ष

पोखरा । पोखराको पुरानो संस्था सहारा क्लबले नयाँ नेतृत्व पाएको छ । संस्थाको १२ औँ अधिवेशनले निर्वतमान उपाध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारीलाई चयन गरेको छ ।

यस्तै, सचिव सुनिल राना मगर, कोषाध्यक्ष नवराज अधिकारी र सह-कोषाध्यक्षमा बिनु राना मगर चयन भइन् । सदस्यहरूमा रोजिना गुरुङ, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा छन् । बुधबार भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट खेल पत्रकार, उत्कृष्ट कार्यसमिति सदस्य र कर्मचारीहरू सम्मानित भएका थिए ।

उत्कृष्ट खेल पत्रकारमा कान्तिपुर दैनिकका पत्रकार दीपक परियार सम्मानित भएका हुन् ।

क्लबले लामो समयदेखि मोफसलकै उत्कृष्ट फुटबल टुर्नामेन्ट आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ भने एकेडेमी समेत सञ्चालन गरिरहेको छ । कठिन परिस्थितिका बालकहरूलाई राखेर फुटबल प्रशिक्षणसहित शिक्षा-दिक्षाको व्यवस्था क्लबले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ बालकहरु आश्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *