पौडेलको प्रश्न- मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले के गर्छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव विष्णुप्रसाद पौडेलले सरकार जनताको समस्यासँग बेखबर रहेको बताएका छन् ।   बुधबार (आज) आफ्नो क्षेत्र बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले २ महिनामा पनि एउटा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले के गर्छ ? भनि प्रश्नसमेत गरेका छन् । ‘सरकार जनताका समस्यासँग बेखबर छ,’ पौडेलले भने, ‘बाढी पहिरो गइरहेको छ, सरकार थाहा पाउँदैन । कोभिड महामारी छ, सरकार बेखबर छ । सरकारलाई विस्तार गर्न सकेको छैन । यो सरकारले जनताको पक्षमा काम गर्दैन भन्ने पुष्टि भइसकेको छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले नेतृत्वको सरकारले पारित गरेको बजेटलाई प्रतिस्थापन गरेर पनि भूल गरेको बताएका छन् । भने— ‘पारित भइसकेको बजेट पनि प्रतिस्थापन गरेर, विस्थापन गरेर सरकारले भूल गर्यो । त्यो पनि कसरी भन्दा जनताले मन पराएका कार्यक्रमहरू रद्द गरेर ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *