प्रचण्डले दोहोर्‍याए- ‘हामी पहिलो शक्ति बन्दैछौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो चुनावमा आफ्नो पार्टी पहिलो बन्ने दाबी दोहोर्‍याएका छन् । ‘एक पटक फेरि हाम्रो पार्टी पहिलो बन्छ,’ पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनतालाई राष्ट्रवादी पार्टी माओवादी नै हो भन्ने परेको छ । संघीय लोकतान्त्रिकलाई माय गर्ने पार्टी माओवादी नै हो भन्ने लागेको छ । त्यो विश्वास जनताले गरेका छन् । आउँदो चुनावमा हामी पहिलो शक्ति बन्छौँ ।’

योबीचको १५ वर्ष नेपालको राजनीतिक दलहरूले अरूलाई गाली गरेर बिताएको अध्यक्ष प्रचण्डको भनाइ थियो । आफ्नै पार्टीमा समेत त्यही शृङ्खला देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब हामीले मैले नै बिगारेँ, मेरै कारण यस्तो कमजोरी भयो भन्नेबाट शुरू गर्नुपर्छ ।’

यसैबीच अध्यक्ष प्रचण्डले पोष्टबहादुरलाई नेता मानेर जाँदा धेरै उपलब्धीहरू हुने बताए । पाोष्टबहादुर नेपाली कम्युनिष्ट आन्दोलनका एक होनहार नेता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘उहाँबाट हामीले धेरै सिक्न बाँकी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *