एकदिवसीयमा आशिफको पहिलो अर्धशतक

काठमाडौँ । नेपालका ओपनर ब्याट्स्म्यान आशिफ सेखले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानसँग अहिले चलिरहेको खेलमा आसिफले ५० रन पूरा गरेका हुन् । उनले ६२ बलमा ५ चौका सहित अर्ध शतक पुरा गरे ।

एकदीवसीयमा यो उनको पहिलो अर्धशतक हो । २१ बर्षका आशिफ आज तेस्रो एकदिवसीय क्रिकेट खेलिरहेका छन् ।

पहिलो ओभरमै ओपनर कुशल भुर्तेल शुन्यमा आउट भएपनि आशिफले सम्हालिएको ब्याटिङ गरेका थिए ।

(तस्बीर क्रिकेटिङ नेपाल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *