थप १५६२ जनामा कोरोना, १५८९ कोरोनामुक्त

काठमाडौँ । नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार २ सय ६६ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परीक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २६ हजार २०२ सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *