एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने

काठमाडौँ । नेकपा (एमाले) का सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी राेज्न पाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको  इजलासले मंगलबार दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कारबाही नगर्न एमालेलगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।

एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेका प्रतिनिधि सभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टलाई मुद्दा नटुङ्गिएसम्म कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । उनीहरु सनाखतका लागि निर्वाचन आयोग जाँदा नपाएपछि सर्वोच्चमा मुद्दा हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *