‘काले’लाई सम्झेर पारस भावुक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले त्रिवि मैदान कीर्तिपुरको नेपाली टिमको साथीजस्तै बनेको कुकुर ‘काले’लाई सम्झेर भावुक भएका छन् ।

केही वर्षदेखि कीर्तिपुरमा नेपाली क्रिकेटरहरूको साथी र अभिभावक जस्तै रहेको काले आज एक दुर्घटनामा मृत्यु खबर सुनेपछि आफू दुःखी भएको पारसले जनाएका छन् ।

शुरुमा मैदान बाहिरै बस्ने काले बिस्तारै क्रिकेटहरूको साथी बनेको थियो । क्रिकेटरले आफूले खाना खुवाउन थालेपछि काले कीर्तिपुर मैदानमै बस्न थालेको थियो । उनीहरू अभ्यासका लागि मैदानमा पुग्दा सधैँ नै काले सँगै हुने गरेको खेलाडीहरू बताउँछन् ।

मंगलबार बिहान भएको दुर्घटनामा काले मरेको थाहा पाएपछि पारस भावुक भएका हुन् ।
ट्वीट गर्दै पारसले लेखेका छन्‚ ‘त्रिवि मैदानमा अभिभावक झैँ हामीलाई रखवारी गर्ने एन्जेल ‘काले’लाई बिदा भन्नुपर्ने भएको छ । दुःखद दुर्घटनामा परेर आज काले बित्यो । लभ यू काले । हामी सम्झिरहनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *