काठमाडौँ फर्कियो ‘यो मेरो दिल’ टिम

काठमाडौँ । चलचित्र ‘यो मेरो दिल’ पनि छायाङ्कन सुरु भएको छ । आइतबारबाट छायाङ्कन सुरु भएको चलचित्र नुवाकोट आसपासको स्थानमा खिचेर काठमाडौँ फर्किएको निर्देशक शङ्कर अधिकारी घायलले बताएका छन् ।

चलचित्रले प्रेमका आरोह र अवरोहको कथा बोल्ने उनले सुनाए । चलचित्रमा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेणु थापा, सूर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार लगायतको अभिनय रहेको छ ।

दिवस गुरुङको छायाङ्कन, राजन महर्जनको नृत्य रहने चलचित्र आउँदो तिहारमा प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *