गैंडाकोटमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, २४ घाइते

काठमाडाैँ । महेन्द्र राजमार्गअन्तर्गत नवलपुरकाे गैंडाकोटस्थित थुम्सीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलिप गिरीले जानकारी दिए । त्यस्तै घाइतेमध्ये तीन जनाको गम्भीर रहेको उनले बताए ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुल नजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *