सुदूरपश्चिम : आकांक्षी धेरै भएपछि नेकपा (एस)लाई दलको नेता छान्न सकस

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई दलको नेता छान्न सकस भएको छ । सोमबार पहिलो पटक बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने विषयमा छलफल गरेपनि निर्णय लिन सकेन ।

सोमबार संसदीय दलका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बैठक बसेको बैठकले अन्य निर्णय गरेपनि दलको नेता छान्ने विषयमा भने निर्णय लिन सकेन । बैठकमा दलको नेता छान्ने विषयमा सामान्य छलफलमात्रै भएको‚ तर निर्णय नभएको सांसद दुर्गा विकले बताइन् ।

संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गरिने उनले बताइन् ।

संसदीय दलको नेताका लागि भौतिक पुर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारालामा तामाङलगायत, पूर्व मन्त्री माया भट्ट आकांक्षी छन् ।

सांसद विकले सोमबारको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने र संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गर्ने निर्णय भएको बताइन् । उनले आफ्नै नेतृत्वमा समिति गठन गरिएको जानकारी दिइन् ।

साथै बैठकले प्रदेशसभामा नेकपा (एस)लाई सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने प्रस्ताव पाससमेत पारित गरेको छ । संसदीय दलको अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *