दशैँ-तिहारमा ‘होण्डाको साथ ७’

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैँ तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकवर्गहरु माझ ल्याएको छ ।

नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिने होण्डाले जनाएको छ ।

यस योजनाको समय अवधिभर होण्डाका ग्राहकहरूले स्क्र्याच कुपन मार्फत् हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।

यसका साथै यस योजनाअन्तर्गत ग्राहकहरूले, ७ वर्षका लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने होण्डाले जनाएको छ ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सकिनेछ ।

बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकहरूले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *