१४८६ संक्रमित थपिए, १२६० कोरोनामुक्त

काठमाडौ‍ँ । नेपालमा सोमबार थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५ सय ३२ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परीक्षणका क्रममा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय ६० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *