अमेरिकाले एमसीसी ‘खाए खा, नखाए घिच’ गर्दैछ : गजुरेल

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले अमेरिका एमसीसीमार्फत नेपाल पस्न लागेको बताएका छन् । सोमबार (आज) संघीय राजधानी काठमाडौँमा आयोजित एमसीसीविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् । ‘एमसीसी चाहिँ अनुदान हो भनेर भन्छ अमेरिका,’ गजुरेलले भने, ‘तर लिँदैनौँ भन्दा चाहिँ लिनैपर्छ भनेर भन्छ । यो चाहिँ कसरी अनुदान भयो ? एउटा कुर के हो भने, अमेरिका एमसीसीमार्फत नेपाल पस्न चाहन्छ ।’

नेपालमा प्राकृतिक श्रोत साधनहरू टन्न भएको प्रमाणित भइसकेको र अमेरिकाको आँखा त्यहीँ गाडिएको भन्दै गजुरेलले थपे, ‘यहाँका बहुमुल्य श्रोत साधनमा अमेरिकाले आँखा गाडेको छ । यसतर्फ हामी सचेत हुनुपर्छ । हामी लिँदैनौँ भन्दा पनि लिनु कि लिनु भन्छ । हाम्रो लागि यो खाए खा, नखाए घिचजस्तो भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *