नेकपा एस बागमतीको संसदीय दलको नेतामा पाण्डे, सरकारलाई समर्थन नगर्ने
२०७८ भदौ २७ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । आइतबार (आज) ज्येष्ठ सांसद माधव पौडेलको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको सांसद मुनु सिग्देलले बताइन् ।
सिग्देलकाअनुसार बैठकले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्नेसमेत निर्णय गरेको छ । ‘हाम्रो पार्टी एकीकृत समाजवादीले एमालेले नेतृत्व गरेको सरकारलाई समर्थन नगर्नेसमेत निर्णय गरेको छ,’ सिग्देलले मकालुखबरसँग भनिन्, ‘अल्पमतको सरकारलाई समर्थन नगरी अघि बढ्ने निर्णय पार्टीले गरेको हो ।’
२०७८ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित









