प्रचण्ड भन्छन्- कहिलेकाहीँ एक्लै हुन्छु कि झैँ लाग्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई कहिलेकाहीँ ‘एक्लै पो हुन्छ कि’ भनेर लाग्न थालेको बताएका छन् । आइतबार (आज) काठमाडौँमा आयोजित कार्यक्रममा परशुराम तामाङद्वारा लिखित पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘माओले भन्नुभएको थियो एक्लै भएँ भनेर,’ अध्यक्ष प्रचण्डले भने, ‘मलाई पनि अबको १/२ वर्षभित्र एक्लै पो हुने हो कि भनेर मनमा लाग्न थालेको छ । यसको पनि व्याख्या चाहियो ।’

संसारभरी माओवादी जन्मिएको बेलैमा माओले ‘म एक्लै भएँ’ भनेर भनेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले थपे, ‘संसारभरी माओकै, उनकै विचारधाको कुरा भइरहेका छन्, समाजवादी क्रान्तिको सुरुवात भइरहेका छन् तै पनि उहाँले के फील गर्नुभयो भने म एक्लो भएको छु । मलाई पनि कहिलेकाहीँ यस्तै यस्तै लाग्छ । यस्तै चित्र मनमा बन्छ ।’

यस्तै विषयान्तर हुँदै प्रचण्डले एमालेसँगको एकताबाट ठूलो ज्ञान प्राप्त गरेको दोहोर्याएका छन् । ‘साथीहरुले सोध्नुहुन्छ ओलीसँग एकता गरेर के पाउनुभयो भनेर,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले ज्ञान प्राप्त गरेँ । मेरो ज्ञानले एकता भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *