९११ जनामा संक्रमण‚ १४२३ कोरोनामुक्त

काठमाडौँ । नेपालमा आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ७८ पीसीआर परीक्षणका क्रममा ८३८ जना र ३ हजार १ सय ४० एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ४ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३९ हजार ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ वटा पिसिआर र ५ लाख ११ हजार ९ सय ८१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *