संसद् बैठक बस्दै, अवरुद्ध गर्ने एमालेको तयारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार (आज) पनि बस्दैछ । संसद् सचिवालयकाअनुसार बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने बैठक पुनः अवरुद्ध गर्ने तयारी गरेको छ । २३ गतेदेखि नै संसद् अवरुद्ध गर्दै आएको एमालेले २५ गतेको बैठकसमेत अवरुद्ध गरेको थियो । त्यसपछि एकपटक १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि ने अगाडि बढ्यो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक रोकेनन् । एमालेको नाराबाजीका बाबजुद सभामुखले बैठक चलाइरहे ।

२५ गतेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नाराबाजी कै बीच प्रतिस्थापन बजेट पेस गरेका छन् । त्यसपछि थप चिढिएको एमालेले आज पनि संसद् अवरुद्धको तयारी गरेको छ । त्यसका लागि एमालेको दिउँसो १२ बजे संसदीय दलको बैठक बस्नेछ । ‘त्यो बैठकले संसद् अवरुद्ध कुन तौरले गर्ने भन्नेबारे टुङ्गो लगाउनेछ,’ सांसद योगेशकुमार भट्टराईले भने, ‘खासगरी बैठकमा विरोधको सीमा के हुने भन्नेबारे छलफल हुन्छ ।’

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई आफूहरूको मागको सम्बोधन नभइन्जेलसम्म विरोध जारी रहने बताउँछन् । ‘आज पनि अवरुद्ध गर्छौँ,’ सचेतक भट्टराईले भने, ‘एकोहोरा रूपमा हामी चल्न दिँदैनाँै । सभामुखको घैँटोमा घाम लाग्नैपर्छ ।’

खासगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा जुटेको एमालेको नाराबाजीकै बीच सरकारले अध्यादेश टेबल गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *