९९४ मा संक्रमण पुष्टि हुँदा थप १२ जनाको निधन

काठमाडौँ । नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पीसीआर परीक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ६८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *