प्रकाण्डको दाबी:

‘समाजवादको उत्कृष्ट अभ्यास नै जनमत संग्रह हो’

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनतालाई व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताएका छन् । त्यसका लागि जनमत संग्रह गर्नुपर्ने उल्लेख गर्दै प्रकाण्डले भने, ‘समाजवादको सबैभन्दा उत्कृष्ट अभ्यास भनेकै जनमत संग्रह भनेर हामीले भनेका छौँ । समाजवादको राम्रो अभ्यास गर्न जनतालाई नै दिउँ ।’

आफ्नो राजनीतिक आधार नै जनमत संग्रह बनाएको विप्लव समूहले ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ मा जनमत संग्रह गर्नुपर्ने मुद्दा उठाउँदै आएको छ । जनताले जनमत संग्रहमार्फत संसदीय व्यवस्था नै रोजे भने आफूहरू सधैंका लागि राजी हुने प्रकाण्ड बताउँछन् । ‘जनताले अहिलेको संसदीय व्यवस्था नै रोजे भने त हामी मान्न तयार छौँ,’ प्रकाण्डले भने, ‘नभए यो दलाली व्यवस्थालाई हटाउनुपर्छ भनेर हामीले भनेका हौँ ।’

जनमत संग्रहका लागि सबैभन्दा अगाडि राजनीतिक दलहरुबीच साझा सहमति बनाउनुपर्ने प्रकाण्डको जोड छ । त्यसका लागि आफूहरु सधैं तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *