एमसीसी अघि बढाउन राजनीतिक स्तरमा छलफल गर्छु : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

‘भेटका अवसरमा मिलिनियम च्यालेन्ज कर्पोरेसनबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोग लगायतका विषयमा छलफल भयो‚’ प्रधानमन्त्री र सुमारबीच भएको भेटको जानकारी दिन अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ‚ ‘सो अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको कुरा बताउनुभयो ।’

यसअघि सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली‚ नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतासँग भेट गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *