सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरू

काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भेटेलगत्तै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकमा सरकार र संसद् सञ्चालन, मन्त्रिपरिषद् विस्तार तथा संसदबाट एमसीसी अनुमोदन गर्ने सम्बन्धमा सहमतिका लागि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरु विरोध खतिवडा र राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु सहभागी छन् ।

यसअघि आजै बिहान बसेको बैठकले मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने सहमति जुटाएको थियो । जसमा प्रधानमन्त्री देउवाले सत्तासाझेदारी दलहरूसँग मन्त्रीको नाम मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *