नाडाद्वारा ट्राफिकप्रहरीलाई जनचेतनासम्बन्धी सामग्रीहरू हस्तान्तरण

काठमाडौँ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौँको त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक सञ्जिव शर्मालाई विभिन्न जनचेतनामूलक स्टीकर हस्तान्तरण गरेका छन् ।

नो हर्न स्टिकर १० हजार थान, मास्क ५ हजार थान, तपाईँको मास्क खोइ ? चेतनामूलक ब्यानर २ सय थान र ‘ट्राफिक नियमको पालना गरौँ’ चेतनामूलक ब्यानर २ सय थान हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरू सवारी साधन चालकहरूलाई वितरणसमेत गरिएको थियो ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू विगतमा पनि सम्पन्न गर्दै आएको जनाएको छ ।

कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यहरु राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी समेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *