सत्तारुढ गठबन्धनको बैठकः

प्रधानमन्त्रीले मागे मन्त्रीको नाम, आजै अर्को बैठक बस्ने

काठमाडौँ । सत्तासीन गठबन्धनका शीर्ष नेताहरुको ध्यान मन्त्रिपरिषद् विस्तारतिर गएको छ । मन्त्रिपरिषद् विस्तारको कसरतस्वरूप प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुक्रबार (आज) बिहान बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरूसँग मन्त्रीको नाम मागेका थिए । यसपछि आजै साँझ बस्नेगरी बैठक टुङ्गिएको छ ।

आजको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको भन्दै जनमानसमा राम्रो सन्देश नभएको बताएका थिए । यसपछि प्रधानमन्त्री देउवाले पनि चाँडै मन्त्रिरिषद् थप विस्तार गर्नको लागि मन्त्रीको नाम आफूलाई दिन भनेका हुन् ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष नेतृ दुर्गा पौडेलकाअनुसार बैठक मन्त्रिपरिषद् विस्तारसँगै संसद् सञ्चालन, गठबन्धनलाइृ मतजुब बताउनेलगायतका विषयमा केन्द्रित भएको थियो । ‘अहिले अध्यादेशहरु टेबल गर्ने तयारी छ,’ पौडेलले भनिन्, ‘तिनै विषयमा बढी छलफल भयो ।

नेताहरुले गठबन्धनलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै गठबन्धनका बैठकहरु अझ धेरै बस्ने सहमति गरेका छन् । बैठकमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका ध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

यसअघि गठबन्धनको बैठक बिहीबार साँझ पनि बसेको थियो । बैठकमा आजकै एजेण्डामाथि छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *