प्रोटोनको ‘दशैं दक्षिणा’ अफर : ६ लाखसम्म नगदकाे लाभ

काठमाडौं । चाडपर्वको मौसम नजिकिए सँगै सोही उपलक्ष्यमा प्रोटोनले भारि दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ। निकै नै उत्कृष्ट तथा खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना यहि भदौ १७ गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहनेछ।

यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाखसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले रू ५० हजार देखि २ लाख सम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्नेछन्।

यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले रू ५० हजार देखि रु. २ लाख ५० हजारसम्म छुटको व्यवस्था गरेको छ।

यस प्रोटोन ‘दशैँ–दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन–हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ। यि सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पाठ्पुर्जा तथा चाहिने उपकरण हरु समेत सित्तैमा प्राप्त गर्ने छन्।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।

त्यसपछि एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *