एमसीसी प्रतिनिधिमण्डल र माधव नेपालबीच भेटवार्ता

काठमाडाैँ । अमेरिकी सहयोग परियोजना एमसीसीको प्रतिनिधिमण्डलले एमसीसी ईन्डोप्यासिफिक रणनीतिको अङ्ग नभएको बताएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अङ्ग नभएको प्रष्टीकरण दिएको हो ।

टोलीले एमसीसीबारे धारणा परिवर्तन गर्न नभई नेपालको आशय बुझ्न आएको बताएको थियो ।

अध्यक्ष नेपालले एमसीसीकै आधिकारिक व्यक्तिबाट यो परियोजना ईन्डोप्यासिफिक रणनीतिकै अङ्ग हो भनेपछि नेपालीहरू झस्किएको बताएको भेटमा सहभागी नेता गङ्गालाल तुलाधरले जानरकी दिए ।

बिहीबार नै काठमाडौँ आइपुगेको एमसीसीको टोलीले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर भेटघाट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *