निसानले दक्षिण एसियामा ‘ग्रीन मिशन सेसन’ आयोजना गर्ने

काठमाडौँ । विश्व विद्युतीय गाडी दिवसको अवसरमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधन सहज रुपमा उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न ‘भर्चुअल सेसन’ को आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युत्को उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना रहेकोले यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने उद्देश्यले निसानले उक्त कार्यक्रम गर्ने जनाएको छ ।

कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने नेपाल सरकारको अग्रगामी नीति अनुसार नै निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभी निसान कार ल्याएको जनाएको छ । उक्त कारको मूल्यमा विशेष छुट दिएर ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको जनाएको छ ।

निसान लिफई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याइसकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ ।

निसान इण्डिया अपरेशनका अध्यक्ष सिनान ओजकोकले भने, ‘हाम्रो उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि ल्किन इनर्जी लक्ष्य प्राप्त गर्न लागी परेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पुर्याइरहेका छौँ ।’

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्त्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो १०० किमि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० किमि प्रतिघण्टा छ । यसकोे सञ्चालन खर्च साह्रै कम छ ।

निसानको साउथ एसिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले भने, ‘समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेका छौँ । विश्वका सरकारहरु वातावरण प्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् ।’

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारडाले भने, ‘प्रारम्भिक मूल्य ५९.९९ लाख कायम गरेका छौ तथा हामीले हाल बजारबाट अत्याधिक अति राम्रो प्रतिकृया पाएको हुनाले निसान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउन भाद्र २८ गतेदेखि हाम्रो काठमाडौँस्थित शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेका छौँ ।’

कम्पनीका अनुसार निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

निसान मोटर इण्डिया जापानको निसान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो । यो कम्पनीको स्थापना सन् २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ । यसले रिनोल्टसँग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निसान र ड्याट्शन यसका दुई ब्राण्ड हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *