करेन्ट लागेर महिलाको मृत्यु

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १७ बडहराकी ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो आफ्नै घरको आगनमा कल चलाएर भाँडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएकी श्रेष्ठको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *