हुण्डाईकाे फेष्टिभ डिलाइट अफर : गाडी किन्दा ३ लाखसम्म छुट

काठमाडौँ। नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाइ फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, रु. ३ लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत रु. १ लाख सम्मको थप नगद छुट र निःशुल्क १ वर्ष सम्मको बीमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस चाडपर्वको मौकामा पनि हुन्डाइ फेस्टिभ डिलाइट २०७८ मार्फत् ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *