एमसीसी अधिकारीलाई ओलीले भने- पहिले सत्तारुढ दल स्पष्ट होउन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन् । एमसीसी अध्यक्ष फतिमा सुमारलगायत एमसीसीको प्रतिनिधि मण्डलसँगको भेटमा ‌ओलीले सत्तारुढ दलहरूले स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले एमसीसीबारे धारणा बनाउने बताएको एमाले विदेश विभाग प्रमुख  डा. राजन भट्टराईले जानकारी दिए ।

भट्टराईले भने, ‘अध्यक्षज्यूले पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’, हामीले हतारिएर पोजिसन बनाउँदैनौं, रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्छ भन्नुभयाे  ।’ भेटमा ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि बताएका थिए ।

आजै काठमाडौँ आइपुगेको एमसीसीबको टोलीले राजनीतिक भेटवार्ता शुरु गरेको हो । ओलीसँग भेटका लागि टोली बालकोटस्थित ओली निवास पुगेको थियो । प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *