हात्तीवनबाट बालुवाटार गए प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका प्रचण्डले पुनः प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रचण्ड, नेपाल र यादवबीच मन्त्रिपरिषद् विस्तार, संसद् सञ्चालनलगायतका विषय छलफल भएको थियो । योसँगै एमसीसीको बारेमा समेत छलफल भएको थियो । अध्यक्ष प्रचण्ड यीनै विषयबारे कुराकानी गर्न बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ ।

अहिले एमसीसीको प्रतिनिधि मण्डल नेपालमा छ । विपक्षी नेता केपी शर्मा ओलीलाई भेटिसकेको प्रतिनिधि मण्डलले अब प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछ । एमसीसी पारित हुनुपर्छ भन्ने मान्यता राखेका प्रधानमन्त्री देउवालाई प्रचण्डले यीनै विषयमा गर्ने श्रोतले बताएको छ ।

प्रचण्ड यथास्थितिमा एमसीसी सम्झौता पारित हुनुहुन्न भन्ने मान्यता राख्छन् । माओवादी सचेतक देव गुरुङगले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘यथास्थितिमा एमसीसी अघि बढ्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *