बेनेलीको दशैं अफर : बाइक किन्दा छुट, १ लाखसम्म पुरस्कार

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको खरिदमा विभन्नि अफर ल्याएको छ । दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ ।

विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनलले यो अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुने जनाएको छ ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत मोटरसाइकल किन्नुअघि, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *