एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’को नारा, दर्जनौैं पक्राउ

काठमाडौँ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार (आज) बिहान काठमाडौँ आइपुग्यो । बिहान ९ बजे कतार एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीकै अगाडि ‘नो एमसीसी’ को नारा गुन्जियो । एमसीसी खारेजको माग गर्दै उन्नत लोकतान्त्रिक पार्टीका संयोजक स्वागत नेपाललगायतले ‘नो एमसीसी’ भन्दै नाराबाजी गरे ।

विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरेका उनीहरुले ‘एमसीसी देशघाती’ भनएको बताएका थिए । पक्राउ परेका स्वागत नेपालले भने, ‘हामीलाई एअरपोर्टबाट पक्राउ गरियो । मेरो गाडी पनि नियन्त्रणमा लिइयो । गाडी पनि प्रहरीले नै तोडफोड गरेको छ ।’ पक्राउ परेकाहरुलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

नेपालमा एमसीसीसम्बन्धी हस्ताक्षर भएकै समयदेखि बहस हुँदै आएको छ । अधिकांशले एमसीसी यथास्थितिमा पारित नहुने बताउँदै आएका छन् भने अमेरिकाले सम्झौता संशोधन नहुने बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *