इटालीले बनायो कीर्तिमानी ३७ खेलको अपराजित यात्रा

काठमाडौँ । युरोपियन च्याम्पियन इटालीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । विश्वकप छनोट अन्तर्गत बुधबार लिथुवानियालाई ५-० ले पराजित गरेसँगै इटालीले अपराजित यात्रा ३७ खेल सम्म पुर्‍याउँदै नयाँ कीर्तिमान कायम गरेको हो ।

२०२२ को कतार विश्वकपका लागि जारी युरोपियन छनोटमा अन्तर्गत बुधबार राति भएको खेलमा लिथुवानियाविरुद्ध अजुरी टोली एकपक्षिय रुपमा हावी भयो । युरोपियन च्याम्पियन इटाली पछिल्लो तीन वर्षदेखि अपराजित छ । पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बर १० मा नेशन्स लिग अन्तर्गत पोर्चुगलसँग इटाली पराजित भएको थियो । इटालीले त्यसयताका २८ खेलमा जित र ९ खेलमा बराबरीको सामना गरेको छ ।

रोबर्टो मानसिनीको टिम इटालीलाई बुधबार राति कीर्तिमानी जित दिलाउने क्रममा माइज केनले ११ र २९ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै लिथुवानियाका उत्कुसले १४ औँ मिनेटमा आत्मघाती गोल गर्दा जिएकोमो रास्पादोरीले २४ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमानै ४-० को अग्रतामा टीमलाई पुर्‍याए । जिओभानी डी लोरेन्जोले दोस्रो हाफको ५४ औँ मिनेटमा गोल गरेपछि युरोकप पछि यो इटालीको पहिलो जित निकाल्न सफल भयो ।

यसअघि ३६ खेलमा नै यो कीर्तिमान बनाएको भनिए पनि ब्राजिलले अस्वीकार गरेको थियो । ब्राजिलले सन् १९९३ देखि १९९६ को बिचमा आफू ३६ खेलमा अपराजित रहेको ब्राजिलको भनाई छ । तर त्यसबेला ब्राजिलले एक खेल रोमानियाको टिम बी सँग खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *