मोटरहेड बाइकको चाडपर्व अफर : १२ हजार छुट, १ लाखसम्म पुरस्कार

काठमाडौँ । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एस एलआर टेक्नो एन्ड ट्रेडले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ ।

भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ ।

त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको भनाइ छ ।

कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ । यस्ता खाले ग्राहकमुखी अफर कम्पनीले पहिले देखि नै ल्याइरहेको भए पनि यसपाली भने अलि फरक र फराकिलो अफर ल्याएको देखिन्छ ।

ग्राहकलाई मोटरसाइकल चढ्न मात्र होइन, चढेपछि खुसी अनुभूति गर्न र गराउन सदैव लाग्ने हो भन्ने सन्देश पनि दिएको देखिन्छ ।

कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ ।

यही भदाै महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशैँअघि नै राजमार्गका अति व्यस्त दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *