बागमती प्रदेशमा लिए १० मन्त्रीले शपथ

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० मन्त्री थपेकी छन् । थपिएका मन्त्रीहरुको शपथ ग्रहण जारी रहेको नेता दीपक निरौलाले जानकारी दिए । ‘थप मन्त्रिण्डल विस्तार भइसकेको छ,’ नेता निरौलाले मकालुखबरसँग भने, ‘शपथ ग्रहण गर्ने काम जारी छ ।’

मुख्यमन्त्री शाक्य नेतृत्वको प्रदेश सरकार एमाले विभाजनसँगै अल्पतमा परेको छ । यसपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा नगएका सांसदलाई मन्त्री बनाएकी हुन् ।

बागमतीमा अहिले एमालेका ४३ सांसद छन् । पार्टी विभाजनपछि नेपाल नेतृत्वको पक्षमा १३ सांसदले सनाखत गरेका छन् । बागमतीमा यसअघि एमाले एक्लैको बहुमत रहेको थियो । प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्री शाक्यलाई ५५ सांसद आवश्यक हुन्छ । १३ सांसदले एमाले छोडेसँगै प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *