विष्णुप्रसाद पौडेल भन्छन्

‘एमसीसीबारे सरकारको रङ्गीबिरङ्गी प्रतिक्रिया छ, एमाले राष्ट्रियताको पक्षमा उभिन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसीसीबारे सरकार आफैं प्रष्ट नरहेको बताएका छन् ।  ‘एमसीसीबारे सरकार आफैं प्रष्ट हुन सकेको छैन,’ आफ्नो क्षेत्र बुटवल पुगेका पौडेलले भने, ‘सरकारका मान्छेहरुले रङ्गबिरङ्गी प्रतिक्रिया दिइरहेका छन् । प्रधानमन्त्रीको बोली अर्कै छ, प्रचण्डजी अरु नै केही भन्नुहुन्छ । माधव नेपालजीको प्रतिक्रिया अर्कै छ ।’

एमाले भने सधैं राष्ट्रियताको पक्षमा उभिने जिकिर गर्दै पौडेलले एमसीसीबारे निर्णय गर्नको लागि कुनै गाह्रो नभएको बताए । ‘एमाले सधैं राष्ट्रियता, जनता, देश र लोकतन्त्रको पक्षमा उभिने पार्टी हो,’ पौडेलले भने, ‘एमसीसीबारे निर्णय गर्नु पनि ठूलो कुरा रहेन ।’

यस्तै पौडेलले लुम्बिनीमा एमाले विभाजन नहुने जिकिर गरे । भने, ‘म भन्छु- यहाँ (लुम्बिनी) मा एमाले विभाजन हुँदैन । कसैले यसबारे सोचेको छ भने त्यो राम्रो होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *