संसद्मा एमाले सांसदको भूमिकाबारे छलफल

संशोधनसहित एमसीसी पारित हुनुपर्ने भीम रावलको भनाइ

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा बुधबार (आज) अपराह्न ४ बजेबाट शुरु हुने संसद्मा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘खासगरी आज ४ बजेबाट शुरु हुने बैठकमा प्रमुख प्रतिपक्षी दलको सांसदहरुले कस्तो खाले भूमिका खेल्ने भन्नेबारे छलफल भइरहेको छ,’ नेता नेम्वाङ्गले भने, ‘साथीहरुले धारणा पनि राखिरहनुभएको छ ।’

उपाध्यक्ष भीमबहादुर रावलले संशोधनसहित एमसीसी पारित हुनुपर्ने बताएका थिए । एमसीसीका कट्टर आलोचकको रूपमा चिनिएका रावलले अहिलेसम्म एमसीसी पारित नै हुन नहुने बताउँदै आएका थिए । ‘एमसीसीमा एकतर्फीजस्तो सम्झौता छ,’ रावलले भने, ‘पारित नै गर्नुपर्ने भए संशोधनसहित पारित हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *