मेक्सिकोमा गर्भपतनलाई अपराध नमान्न आदेश

काठमाडाैँ । गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ । उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ ।

सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो ।

गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ । बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यहरूमा मात्रै गर्भपतनलाई कानुनी मान्यता दिइएको छ ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ‘ऐतिहासिक’को संज्ञा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *