एमसीसी अघि बढाउने सरकारको संकेत

काठमाडौँ । सरकारले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अघि बढाउने संकेत गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा दलका नेतासमेत रहेका शेरबहादुर देउवाले यस्तो संकेत गरेका हुन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी कानूनी प्रक्रिया पूरा गरेर र विभिन्न सरकारले अघि बढाएर अहिलेको अवस्थामा आइपुगेको विषय भएको र बाहिर हल्ला गरिएजस्तो राष्ट्रियता र स्वाभिमानविरोधी कुनै व्यवस्था नभएको बताएका हुन् ।

‘यो प्रतिस्पर्धाद्वारा नेपालले प्राप्त गरेको अनुदान हो । एडीबी विश्व बैंकबाट ऋण लिँदा पनि शर्त हुन्छन्‚ ब्याज तिर्नुपर्छ‚ तर एमसीसी केही पनि गर्नुनपर्ने अनुदान हो‚’ देउवाले भने । नेपालले प्रतिस्पर्धाबाट एमसीसी पाएकाे भन्दै यसबारे अफवाहहरू फैलाइएको प्रधानमन्त्री देउवाकाे भनाइ छ

प्रधानमन्त्री देउवाको जवाफले सरकार एमसीसी अघि बढाउने तयारीमा रहेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले एमसीसीबारे बुझेर मात्र बोल्न र बाहिर फैलाइएको अनावश्यक भ्रममा नफस्न सांसदहरूलाई आग्रह गरेका थिए ।

बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, अतहर कमाल मुसलमान वेद प्रसाद तिमल्सिनालगायतले एमसीसीका सम्बन्धमा प्रश्न गरेका थिए । विश्वकर्माले एमसीसी अघि बढाउँदा चुनावलाई पनि ख्याल गरिएको छ/छैन भन्ने प्रश्न गरेका थिए भने उपाध्यायाले कार्यकर्ताको चाहना एमसीसीमा सरकार नफसोस् भन्ने रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *