थप १६७७ जनामा कोरोना‚ २०७२ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार १ सय ११ पीसीआर परीक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परीक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थाप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार ७२ संक्रमित कोरोनामुक्त हुदा हालसम्म ७ लाख ३१ हजार संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३० हजार ३ सय ३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *