क्रियाशील सदस्यबाट नाम हटाएको भन्दै कांग्रेसको ‘पिण्डदान’

धनगढी । डडेल्धुरामा एक व्यक्तिले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरी किरिया गरेका हुन् ।

उनले आफूले पार्टीमा दिएको योगदानको कदर नगरिएको भन्दै दुःख व्यक्त गरे । नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन भन्दै उनले आफ्नो फोटो सामाजिक सन्जालमा समेत राखेका छन् ।

आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ ।

सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ ।

नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले चार तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको बताए ।

उनका अनुसार वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *