असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका विद्यालय खुल्ने

काठमाडौँ । आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका सबै विद्यालयहरू खुल्ने भएका छन् ।

सोमबार काठमाडौँ उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका शिक्षा समितिका अधिकृत लगायतको बैठकले असोज १ गतेदेखि नै विद्यालय खुला गर्ने निर्णय गरेको हो ।

यो पनि : गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको प्रजिअ कालिप्रसाद पराजुलीले बताए । बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्न सक्ने उनले बताए ।

विद्यालय सञ्चालन गर्दा पालिकाहरूले अनिवार्य रुपमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *