पहिरोले घर पुरिँदा दुईको मृत्यु

रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।

उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसैगरी सुनिल स्मृति गाउँपालिका-४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । मर्मतका लागि राखिएको सो बस बाढीले बगाएको हो ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *