बागमतीले पार गर्‍यो सतर्कता तह, उपत्यकामा बाढीको खतरा

काठमाडौँ । रातिदेखिको वर्षाका कारण देशका विभिन्न ठुला तथा साना नदीमा पानीको सतह बढेको छ । कोशी, नारायणी र यिनका सहायक नदीहरू कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउमा बहाब बढेको हो ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बहाब अझै बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कताअपनाउन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका खोलाहरूमा पनि पानीको सतह बढ्दा आसपासमा रहेका बस्तीहरूमा बाढी खतरा बढेको छ । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाब बढ्दा खोलाछेउका बस्ती डुबानको खतरामा परेका हुन् ।

यस्तै चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको महाशाखाले जनाएको छ । सो क्षेत्र भईबहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

बाँकेको धकेरी लगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको र थप वर्षाको सम्भावना छ । सो क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *