गृहनगरकै मेयर र उपमेयरले पनि पत्याएनन् रावललाई

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढथापाले आइतबार नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत थिए । नेकपा (एस)मा सनाखत गरेपछि  कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । उनले कुनै नेतालाई भन्दा पनि विचारलाई रोजेको प्रतिक्रिया दिए ।

यस्तै, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्र सदस्यसमेत रहेको कार्यपालिका सदस्य जितबहादुर निशानी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जयन्ती बोगटी, चौरपार्टी गाउँपालिका- ४ पायलका अध्यक्ष हर्क लोहारले पनि नेकपा (एस) रोजेका छन् ।

यस्तै, चौरपार्टी गाउँकार्यपालिका सदस्य सपना कुमाल, वडा सदस्य भरत खड्का, सुरत कुँवर, बिस्नुदत्त जोशी, भाना लुहार पनि नेकपा (एस)मा खुलेका छन् । यस्तै, जिल्लाको मेल्लेख गाउँपालिका- ६ नन्देगडाका वडा सदस्य कल्धरादेबी बिकले नेकपा एमाले परित्याग गर्दै नेकपा (एस) मा सनाखत गरेकी छन् ।

 यो पनि- सुदूरपश्चिम : चौथोमा झर्‍यो पहिलो पार्टी एमाले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *