टीभीएसको दशैं अफर : ‘६ प्राइजको सरप्राइज’, १० लाखदेखि कारसम्म उपहार

काठमाडौँ । टीभीएसका सवारी साधान खरिदमा चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरिएको छ । टीभीएसका लागि नेपाली बिक्रेता शंकर ग्रुपको जगदम्बा मोर्टर्सले दशैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो ।

कम्पनीले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना नारासहितको उपहार योजना ल्याएको हो । जगदम्बा मोटर्सका अनुसार टीभीएसका बाइक तथा स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने मौका पाउने छन् ।

त्यस्तै, टीभीएसका कुनै पनि सवारी साधन खरिद गर्नेले १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ । दैनिक रियलमी सी २० स्मार्टफोन पाउने कम्पनीले जनाएको छ । हरेक साता शतप्रतिशत क्यास ब्याक अफर समेत प्राप्त गर्ने जनाएको छ ।

कुनै पनि सवारी साधन खरिद नगर्नेले पनि कम्पनीको वेवसाइट मा गएर सहभागी बन्नु पर्ने छ । योजना अन्तर्गत कम्पनीले हरेक महिना टीभीएस अपाचे आरआर ३१० उपहारसमेत राखेको छ ।

बम्पर उपहारमा भने कम्पनीले प्रोटाने सागा कार उपहार दिने जनाएको छ । सवारी साधानका लागि बुझ्न इन्क्वाइरी गर्नेहरुलाई समेत रियलमी स्मार्ट फोन, अपाचे आरआर ३१० जित्ने उपहार योजनामा सहभागी गराउने कम्पनीले जनाएको छ ।

बुधबारबाट योजना लागू भएको र चाडपर्वभर योजना कायम रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “टीभीएसको दशैं अफर : ‘६ प्राइजको सरप्राइज’, १० लाखदेखि कारसम्म उपहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *