नेपालको आग्रहः

‘१० बुँदेको भ्रममा कोही नपरे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १० बुँदेको भ्रममा नपर्न पार्टीपङ्तिलाई आग्रह गरेका छन् । सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् । ‘१० बुँदेको भ्रममा नपर्न आग्रह गर्छु,’ अध्यक्ष नेपालले भने, ‘यो अधुरो छ, अपुरो छ । यसमा कुनै सहमति छैन । यसको भ्रममा नपर्दा हुन्छ ।’

१० बुँदेको अपव्याख्या गरेर पार्टीपङ्तिलाई भ्रममा राख्न खोजिएको अध्यक्ष नेपालको आरोप छ । ‘म प्रदेश सांसद, सम्पूर्ण नेताकार्यकर्ताहरु अनि नेता कार्यकर्ताहरुलाई त्यसको अपव्याख्यामा नपर्न आग्रह गर्छु,’ अध्यक्ष नेपालले भनेका छन् ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुअगाडिसम्म नेपालकै साथमा रहेका १० नेताहरु १० बुँदे सहमति कार्यान्वयन गरेर एमालेमै रहनेगरी फर्किएका थिए । एकीकृत समाजवादीका नेताहरुले भने उनीहरु ढिलोचाँडो एकीकृत समाजवादीतिरै लाग्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *