सिस्नेखोलाले कार बगाउँदा चार महिलाको मृत्यु, घाइते चालकको उद्धार

काठमाडाैँ । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका-४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चार जनाको मृत्यु भएको हाे ।

रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही-१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही-१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो । सोही घटनामा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन र घोराही-१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकाको शव प्रहरीले आज बिहान ३ः०० बजेतिर घोराही-३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *