सर्वोच्चले सोध्यो- झलनाथलाई उपचार खर्च किन ?

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिनुको लिखित जवाफ मागेकाे छ । न्यायाधीश ईश्वरप्रसाद खवितडाको इजलासले बुधबार सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै खनाललाई विदेशमा गरिएको उपचारको खर्च दिने निर्णयको लिखित कारण माग गरेको हो ।

भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर भर्खरै स्वदेश फर्किएका छन् । पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि केपी ओली नेतृत्वको  सरकारले ३१ लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको थियो भने अहिलेको सरकारले पनि उपचार खर्च ब्यहाेर्ने बताउँदै आएको छ ।

अधिवक्ता विमल पोखरेलले भदौ १३ गते विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले देशको नागरिक वा विशिष्ट व्यक्तिले पनि सरकारी सहयोग वा खर्चमा विदेशमा उपचार गर्न नपाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *