महन्थको दाबीः

‘जसपाभन्दा लोसपा बलियो’

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पूर्वदल जनता समाजवादी पार्टी (जसपा) भन्दा आफू नेतृत्वको नयाँ दल लोसपा बलियो भएको दाबी गरेका छन् । बुधबार (आज) जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो दाबी गरेका हुन् । ‘जसपाभन्दा लोसपा बलियो पार्टी हो,’ अध्यक्ष ठाकुरले भने, ‘लोसपामा नेताहरुको संख्या बढ्दैछ । हाम्रो ध्यान महाधिवेशनतिर छ ।’

अध्यक्ष ठाकुर जनकपुर विमानस्थल पुग्दा नेताहरुले खुसीयाली मनाएका छन् । अध्यक्ष ठाकुरले भव्य स्वागतमा रमाएका नेता/कार्यकर्ताहरुले मोटरसाइकल र्‍यालीसमेत गरेका छन् ।

गत भदौ ९ गते लोसपा निर्वाचन आयोगमा दर्ता गराएपछि अध्यक्ष ठाकुर क्षेत्रकेन्द्रित भएका छन् । पार्टी संगठन विस्तार, पार्टीको महाधिवेशनलगायतलाई केन्द्रमा राखेर अध्यक्ष ठाकुर जिल्लाकेन्द्रित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *